काठमाडौं । कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा कलेजका नौ सय २९ जना विद्यार्थी दीक्षित भएका थिए ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना, बिजनेस विषयमा स्नातक तह गर्ने ९४ र आईटी तह पूरा गर्ने आठ सय ३५ विद्यार्थी गरी नौ सय २९ जना विद्यार्थी दीक्षित भएका हुन् । कलेजले शनिबार र आइतबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताए ।
दीक्षान्त समारोहमा बोल्दै आईएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई ¥याङकिङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए ।