काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले ‘विदेशबाट सिटी आयो, दशैँ–तिहारलाई गोल्डेन बनायो’ नामक योजनाका विजेताहरूलाई उपहार हस्तान्तरण गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नेपाली नायिका पूजा शर्मा, नेपाल इन्भेष्टमेन्ट बैंकका उपमहाप्रबन्धक विजेन्द्र सुवालको उपस्थितिमा उपहार हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गतको मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई पाँच तोला सुन प्रदान गरिएको छ । त्यस्तै, बेलायतबाट रेमिट्यान्स पठाउने नुना गुरुङलाई एक तोला सुन, कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङलाई एक तोला सुन, मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी, जापानबाट रेमिट्यान्स पठाउने रविन्द्र मानन्धरलाई १० तोला चाँदी, कुवेतबाट रेमिट्यान्स पठाउने सुनीता दराईलाई १० तोला चाँदी हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै भदौ १५ देखि कात्तिक १५ सम्म यो उपहार योजना सञ्चालन गरेको जानकारी दिएको छ । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई एक तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली मेगा बम्पर बिजेतालाई पाँच तोला सुन उपहार दिने योजना रहेको थियो ।