काठमाडौं । खुला बजार कारोबारसम्बन्धी संशोधित कार्यविधि पुस १ गतेबाट कार्यान्वयनमा आउनेछ । आइतबार मास्टर रिपर्चेज एग्रिमेन्ट तथा सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले यही पुस १ गतेबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
खुला बजार कारोबार तथा ब्याजदर करिडोरसम्बन्धी उपकरणहरूको प्रयोगका सम्बन्धमा नेपाल राष्ट्र बैंक, खुला बजार कारोबार विनियमावली (दोस्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (दोस्रो संशोधन २०७९), २०७८ जारी गरिएको हुँदा मास्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई उपरोक्त नियमावली तथा कार्यविधिमा गरिएको संशोशित व्यवस्थाहरूको पूर्ण कार्यान्वयन यही पुस एक गतेदेखि लागू हुनेछ, राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ ।