काठमाडौं । आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक समेत रहेका आर्थिक दैनिक प्रालिका कार्यकारी अध्यक्ष प्रल्हाद रिजाल सम्मानित भएका छन् । संस्थापक सम्पादक रिजाल काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा बिहीबार सम्मानित भएका हुन् ।
महानगरले सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरुमध्ये विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने पत्रकारहरुलाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार वितरण गर्ने नीतिअनुरुप रिजाललाई सम्मानपत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
कार्यक्रम काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र शाहले सम्मानपत्र प्रदान गरेका थिए । सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यका परिसर प्रमुख एसएसपी भरत बहादुर बोहरा लगायतको उपस्थिति थियो ।