सुर्खेत । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरेका हुन् ।
साथै पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रियालगायत सचिवालय निर्माण गर्दै प्रथम साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्षहरु अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही रहेका छन् । सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदाहुँदै पनि विकासमा पछि परेको बताए ।