काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच बिहीबार सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा प्mलाट १५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।
सो सम्झौतापत्रमासमृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकाश भण्डारीले हस्ताक्षर गरेका छन् । समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत लेक्ट्रो ब्रान्डकोइ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रुपैयाँ छुट हुने फाइनान्स व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।