काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डू क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरू तथा बैंकका कर्मचारीहरूलाई काठमाण्डू क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेगरी सम्झौता भएको हो । थ्रिडी सीआरटी सेवा, आईएमआरटी सेवा, भीम्याट सेवालगायत अन्य सेवाहरूमा छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट बागमती प्रदेशप्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन् । बैंकले हाल एक सय ४८ वटा शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।