काठमाडौं । समयसापेक्ष ग्राहकहरूको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरू प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा प-याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिकरूपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवा सूचारु गरेको हो ।
बैंकका नायब महाप्रबन्धक लाल बहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्तरूपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकाश ढुंगानालगायत बैंकका अन्य कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
यसपछि स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम पीओएसकेजस्ता सेवा सजिलै लिनसक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।