काठमाडौं । यससाता सेयर बजार परिसूचक एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६८ दशमलव चार विन्दुुमा सीमित हुन पुगेको छ । यससाता धितोपत्र बजारमा दुई सय ५४ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख तीन हजार आठ पटकको कारोबारमा एक करोड ३९ लाख ६४ हजार एक सय २४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम पाँच अर्ब १६ करोड ६९ लाख ९७ हजार सात सय ५५ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैयाँले कम हो ।
गतसाता भने धितोपत्र बजारमा दुुई सय ४६ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुुसार ९० हजार सात सय ७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९५ हजार पाँच सय १४ कित्ता सेयर खरिदबिक्री हुँंदा कुल कारोबार रकम पाँच अर्ब ८५ करोड २० लाख ३१ हजार चार सय ७५ रुपैयाँ पुगेको थियो । यससाता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो दिन बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक ३१ दशमलव ९७ अंकले ओरालो लागेर एक हजार आठ सय ८५ दशमलव ३१ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव ३६ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक १६ दशमलव ९६ अंकले उकालोे लागेर एक हजार नौ सय दुई दशमलव २७ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५७ अंकले उकालो लागेर तीन सय ७२ दशमलव ९३ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक दुई दशमलव ५७ अंकले ओरालो लागेर एक हजार आठ सय ९९ दशमलव ७० विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ विन्दुले ओरालो लागेर तीन सय ७१ दशमलव ३० बिन्दुमा झरेकोे थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ६ अंकले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलव आठ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १ बिन्दुले ओरालो लागेर तीन सय ७० दशमलव १९ बिन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १४ दशमलव ४८ अंकले ओरालो लागेर एक हजार आठ सय ८२ दशमलव ६० बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ बिन्दुले ओरालो लागेर तीन सय ६८ दशमलव चार बिन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । (आर्थिक दैनिकबाट)