काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ५४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार भने तीन दशमलव ८३ अंकले उकालो लागेर १८ सय ५८ दशमलव ८९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन एक दशमलव १५ अंकले उकालो लागेर तीन सय ६३ दशमलव ९७ बिन्दुमा चढेको छ । बजार परिसुचक उकालो लागेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३० हजार पाँच सय ४५ पटकको कारोबारमा २६ लाख ९९ हजार तीन सय ३१ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ रुपैंैयाँ पुगेको छ । अघिल्लो दिन भने एक अर्ब १५ करोड रुपैंयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी रहेका नौं वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।