काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो ब्रान्ड दूतको रुपमा मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता नीति शाहलाई नियुक्त गरेको छ । शाहले अब रियलमी, नार्जो र एआईओटी एवम् वेरेबल्सलगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्रान्ड दूतको रुपमा नीति शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । मानिसहरुलाई प्रभावित पार्नसक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरुसामु परिचित बनाउनेछ ।’