काठमाडौं । गरिमा विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २२ गते पोखरास्थित होटल ग्राण्डमा आफ्नो १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पँुजी चार अर्ब ५९ करोड आठ लाख ७३ हजार पाँच सय एक रूपैयाँमध्येबाट १३ प्रतिशत अर्थात् ५९ करोड ६८ लाख १३ हजार पाँच सय ५५ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनको लागि एक दशमलव ५० प्रतिशत अर्थात् छ करोड ८८ लाख ६३ हजार एक सय रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सोही वार्षिक साधारणसभामार्फत अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब २५ करोड रूपैयाँ पु-याउने प्रस्ताव पनि पारित गरिने बैंकले जानकारी दिएको छ ।