काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगबार पुन १४ दशमलव २२ अंकले उकालो लागेर १८ सय ७३ दशमलव ११ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६८ अंकले उकालो लागेर तीन सय ६६ दशमलव ६५ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । जसबाट २३ हजार तीन सय ४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम ९३ करोड आठ लाख ३९ हजार नौं सय एक रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयरबजार परिसुचक पुरै हरियो भएको छ ।