काठमाडौं । आईएमईले दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई १० लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको छ ।
‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहारस्वरुप प्राप्त गरेका थिए ।
मंगलबार काठमाडौँ पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।