काठमाडौं । लक्ष्मी ग्रुपले ४९औँ वार्षिकोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअनुसार ग्रुपको वार्षिकोत्सवको अवसरमा हुन्डाईका गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी सेन्टरका ५० भन्दा बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री वितरण गरेको हो ।
कम्पनीका अनुसार सेरेब्रल पल्सी नेपाललाई ग्रुपले लामो समयदेखि सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले मोबिलिटी सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित मस्तिष्काघात भएका व्यक्तिलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको छ ।
सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिलाई ग्रुपले फर्निचर र अन्य सामग्री बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको पनि कम्पनीले जनाएको छ ।