काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो पाँच दशमलव ८९ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने शुन्य दशमलव शुन्य एक अंकले ओरालो लागेर १८ सय ६७ दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ७२ अंकले उकालो लागेर तीन सय ६७ दशमलव शुन्य छ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४७ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २३ हजार ५४ पटकको कारोबारमा ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौं सय २१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।