काठमाडौं । एसवाई बजार एपमार्फत अब घर किन्न पाउने भएका छन् । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन् ।
नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो । भूकम्प प्रतिरोधी तथा अन्य विभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरु सस्तो, बलियो र अत्यधिक इन्सुलेसनयुक्त हुन्छ । ‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौँ’, एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ । यो प्रविधि कोरिया, युरोपलगायत पश्चिमी राष्ट्रहरुमा अत्यधिक प्रयोग भएको छ ।