काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम तीन सय रूपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन । यो योजना २०७९ साल पुस २० गतेसम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले नौ सय रुपैयाँसम्म छुट लिन सक्नेछन् । स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)को सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।