काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता, चिफ विजिनेस अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललित बहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका अभिकर्ताहरू ‘रिलायन्स साथी’हरूलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिएबापत सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।