काठमाडौं । यससाता सेयर बजार परिसूचक एक हजार आठ सय ६७ दशमलव २१ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव छ विन्दुुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुुई सय ५७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख २४ हजार ३७ पटकको कारोबारमा एक करोड ५० लाख ५२ हजार चार सय ७४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब ९५ करोड ७७ लाख आठ हजार ५० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही कम हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ५४ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुुसार एक लाख तीन हजार आठ पटकको कारोबारमा एक करोड ३९ लाख ६४ हजार एक सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब १६ करोड ६९ लाख ९७ हजार सात सय ५५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक २७ दशमलव ५४ अंकले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलव छ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव ८२ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक तीन दशमलव ८३ अंकले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले उकालो लागेर तीन सय ६३ दशमलव ९७ विन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक १४ दशमलव २२ अंकले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६८ विन्दुले उकालो लागेर तीन सय ६६ दशमलव ६५ विन्दुमा चढेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव ८९ अंकले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २२ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ विन्दुले ओरालो लागेर तीन सय ६५ दशमलव ३४ विन्दुमा झरेको थियो ।
पाँचौँ कारोबार दिन पनि बजार परिसूचक शून्य दशमलव शून्य एक अंकले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ७२ विन्दुले उकालो लागेर तीन सय ६७ दशमलव छ विन्दुमा चढेको थियो । यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् ।
यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।