काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरूबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ ।
युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा २४सै घण्टा तीन सय ६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ ।
सानिमा बैंकको रेमिट्यान्समार्फत यूएई, मलेसिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । साथै, सानिमाबैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा एक सय ३० कार्यालयहरू र एक सय २३ वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।