काठमाडौं । नेपाल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २९ गते आफ्नो ६३औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ रुपैयाँमध्येबाट १० प्रतिशत अर्थात् एक अर्ब ४४ करोड पाँच लाख ९० हजार आठ सय ३१ रुपैयाँबराबरको नगद लाभांश र दुई प्रतिशत अर्थात् २८ करोड ८१ लाख १८ हजार ९६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्र्ने प्रस्ताव पारित गर्नेछ ।
यसबाहेक हाल कायम रहेको चुक्ता पुँजीलाई वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २७ रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गरिने बैंकले जानकारी दिएको छ ।