काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन दरबारमार्गस्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी ‘गुरु ट्राभल्स लिमिटेड’सँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरूले ‘गुरु ट्राभल्स लिमिटेड’मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरूमा छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।