काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले वार्षिक साधारणसभाको आह्वान गरेको छ । नेप्सेले यही पुस २९ गते नेप्सेको कार्यालय शान्तिमार्ग काठमाडौंमो आफ्नो ४१औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारण सभामार्फत नेप्सेले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँमध्येबाट शत्प्रतिशत अर्थात् एक अर्ब रुपैयाँबराबरकै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।