काठमाडौं । सेयरबजार परिसुचक उच्च अंकले बढेको छ । अघिल्लो दिन ११ दशमलव ८१ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ५६ दशमलव ८८ अंकले उकालो लागेर दुई हजार २९ दशमलव तीन बिन्दुमा पुगेर रोकिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९८ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ३० बिन्दुमा पुगेर रोकिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको ४५ हजार नौं सय ४४ पटक सेयर कारोबार भएको छ । जसबाट ८० लाख २४ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम दुई अर्ब ८६ करोड तीन लाख ४५ हजार सात सय ८१ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो देखिएको छ ।