काठमाडौं, फागुन २८ बेनेली बाइकका लागि अधिकृत डिलर नेपाल केटीएम इन्टरनेशनल ट्रेडिङले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले बुधबारदेखि चैत ७ गतेसम्म १० दिन एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो । यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेल्लीका अधिकृत शोरूमहरुमा आयोजना हुने कम्पनीले जनाएको छ । यस क्याम्पमा ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुईपांग्रे साधन बेनेली बाइकसँग उत्तम मूल्यांकनमा साट्न सक्नेछन् । बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरिद गर्दा आकर्षक छुट पनि दिने जानकारी गराएको छ । ग्राहकहरूले लक्की ड्रमार्फत बाइकको सामानहरू ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।