काठमाडौं । यससाता सेयरबजार परिसूचक दुई हजार २९ दशमलव शून्य तीन बिन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ३० बिन्दुुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार छ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौ सय २७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ५७ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुुसार एक लाख २४ हजार ३७ पटकको कारोबारमा एक करोड ५० लाख ५२ हजार चार सय ७४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब ९५ करोड ७७ लाख आठ हजार ५० रुपैयाँ पुगेको थियो । यससाता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो चौथो कारोबार पदिन बजार परिसूचक ओरालो लागेको थियो । यीबाहेकका दोस्रो, तेस्रो र पाँचौँ कारोबार दिन भने बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो कारोबार दिन नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । दोस्रो दिन बजार परिसूचक ५६ दशमलव ८८ अंकले उकालो लागेर एक हजार नौ सय २४ दशमलव नौ बिन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३८ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ४५ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक ५९ दशमलव ८७ अंकले उकालो लागेर एक हजार नौ सय ८३ दशमलव ९५ बिन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले उकालो लागेर तीन सय ८६ दशमलव पाँच बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १५ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७२ बिन्दुले ओरालो लागेर तीन सय ८१ दशमलव ३२ बन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ५६ दशमलव ८८ अंकले उकालो लागेर दुई हजार २९ दशमलव शून्य तीन बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ९८ बिन्दुले उकालो लागेर तीन सय ९१ दशमलव ३० बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।