काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १७ दशमलव २४ अंकले उकालो लागेर दुई हजार ४६ दशमलव २६ बिन्दुमा चढेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले उकालो लागेर तीन सय ९४ दशमलव एक बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ६२ हजार पाँच सय ५१ पटकको कारोबारमा एक करोड आठ लाख ८० हजार नौं सय चार कित्ता सेयर खरिद बिक्री भएकोमा कुलद कुल कारोबार रकम चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० रुपैंयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।