काठमाडौं, फागुन २८ मिर्मिरे डेभलपमेन्ट बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको तेस्रो कारोबार दिन मंगलबार १८ दशमलव ५२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ९१ रूपैयाँ ४८ पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय ६४ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने तीन अर्ब २१ करोड ७२ लाख ५३ हजार पाँच सय चार रूपैंयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको ६९ करोड ३३ लाख ७३ हजार छ सय रूपैयाँबराबरको ६९ लाख ३३ हजार सात सय ३६ कित्ता सेयर सूचीकृत रहेको छ ।