काठमाडौं, फागुन २८ गरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको कार्यकाल थप भएको छ । बैंकका अनुसार यही फागुन २२ गते बसेको सञ्चालक समितिको दुुई सय ४०औं बैठकले प्रमुख कार्यकारी अधिकृत ढकालको कार्यकाल आगामी चार वर्षको लागि थप गर्ने निर्णय गरेको हो  । थप कार्यकाल विसं २०७७ वैशाख एक गतेबाट लागू हुुने बैंकले जनाएको छ ।