काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
गत बिहीबार बसेको कम्पनीको १३औँ वार्षिक साधारणसभामा संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन तालिकाबमोजिम सभामा आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ र दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो ।
साथै सोही दिनमा बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् ।
लामो समयको मलेसिया बसाइका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।