काठमाडौं । अघिल्लो दिन ४७ दशमलव १५ अंकले उकालो लागेर २२ सय बिन्दुमा चढेको सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक २१ सय ३४ दशमलव २१ सय ९० दशमलव ४२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७७ अंकले ओरालो लागेर चार सय १९ दशमलव १४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट एक लाख ९९ हजार ६७ पटकको कारोबारमा दुई करोड आठ लाख ४३ हजार नौं सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ६५ करोड ८८ लाख २३ हजार पाँच सय ७९ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेर ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।