काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन २१ दशमलव ३४ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन ४१ दशमलव शुन्य चार अंकले ओरालो लागेर २१ सय ४९ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८९ अंकले ओरालो लागेर चार सय ११ दशमलव २५ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटक सेयर किनबेच भएको छ । सोही अनुसार एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता सेयर खरिद बिक्री हुंँदा कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपससमुहहरु मध्ये ट्रेडिङ उपसमुहको सुचक १५ दशमलव ८७ अंकले उकालो लागेर २४ सय १७ दशमलव ९७ बिन्दुमा चढेकोमा बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।