काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १५औँ वार्षिक साधारणसभा काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ । सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात एवं आव २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूउपर छलफल गरी पारित भएको फाइनान्सले जानकारी दिएको छ ।
केन्द्रीय कार्यालयसहित २७ शाखाहरू रहेको फाइनान्सको २०७९ साल मंसिर मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यो फाइनान्सले १२ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ, अनलाइन खाता र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।