काठमाडौं । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अतिविपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा एक कार्यक्रमका बीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
राहत वितरण कार्यक्रममा नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चका संयोजक छाया शर्मा, किरण सुजका महानिर्देशक विदुषी राणा, लाङटाङ्ग रिट्रेकिङ्ग तथा एकस्पिडिसनका महानिर्देशक पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्यहरु सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रप अफ इन्डष्ट्रिजका कर्पोरेट अधिकृत आरती लामाले पाँच सय ५० थान बाक्लो कम्बल, पाँच सय ५० थान ऊनीको टोपी, पाँच सय ५० थान ऊनीका मोजाका साथै चिउरा कर्मयोग संस्थाका समुदाय विकास निर्देशक सौरभ रिमाललाई प्रदान गरेका थिए ।
राहतका सामग्रीहरु सुनसरी जिल्ला वराह नगरपालिकाका वडा नं. ४, ६, ७, ८, ९, १० र ११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाउँका मुसहर, मधेशी, जनजाति, पिछडिएका समुदायहरु र विपन्न परिवारसम्म पु¥याइने बताइएको छ । यस प्रकारका सहयोग र सहकार्यको वितरण गर्ने संस्थाका निर्देशक रिमालले परिसंघ र परिसंघको महिला उद्यमी मञ्चको प्रशंसा गर्दै धन्यवाद समेत दिए । साथै, राहतका सामग्रीहरु राजधानीबाट सम्बन्धित गाउँमा उचित तवरबाट दुईदेखि तीन दिनको समयावधिमा पुगिसक्ने जानकारी दिए ।