काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६० करोड ४१ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ५७ करोड ७९ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३३ करोड ७७ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८२ करोड ३५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।