काठमाडौं । यससाता सेयर बजार परिसूचक दुई हजार एक सय ८३ दशमलव २१ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय १३ दशमलव १४ विन्दुुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख १९ हजार नौ सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गतसाता भने धितोपत्र बजारमा दुुई सय ५० वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुुसार एक लाख ९१ हजार सात सय ३२ पटकको कारोबारमा तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६९ करोड ८० लाख ३८ हजार पाँच सय २० रुपैयाँ पुगेको थियो । यससाता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने दोस्रो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो । तेस्रो र चौथो दिन भने बजार परिसूचक उकालो लागेको थियो ।
दोस्रो दिन बजार परिसूचक १३ दशमलव ७१ अंकले ओरालो लागेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव शून्य पाँच अंकले ओरालो लागेर चार सय १३ दशमलव शून्य एक विन्दुमा झरेको थियो । तेस्रो दिन बजार परिसूचक आठ दशमलव १५ अंकले उकालो लागेर दुई हजार एक सय ७३ दशमलव २५ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ५३ अंकले उकालो लागेर चार सय १५ दशमलव ५४ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक १० दशमलव ३७ अंकले उकालो लागेर दुई हजार एक सय ८३ दशमलव ६२ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ३० अंकले ओरालो लागेर चार सय १४ दशमलव २४ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक शून्य दशमलव ४१ अंकले ओरालो लागेर दुई हजार एक सय ८३ दशमलव २१ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १० अंकले ओरालो लागेर चार सय १३ दशमलव १४ विन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।