काठमाडौं । फाइनान्स कम्पनीहरुमा निष्क्रिय अर्थात् खराब कर्जाको अनुपात बढेको छ । यसले अधिकांश फाइनान्स कम्पनीको व्यवस्थापन संस्था सुधार गर्न असफल देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये हालसम्म १४ फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
विवरण सार्वजनिक गर्नेमध्ये एक दर्जन फाइनान्स कम्पनीहरुमा गत आवको सोही अवधिको तुलनामा खराब कर्जा बढेको छ । यस अवधिमा तीनवटा फाइनान्समा खराब कर्जा घटेको देखिए पनि ती फाइनान्समा खराब कर्जा उच्च देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, गुडविल फाइनान्स, पोखरा फाइनान्स, प्र्रोग्रेसिभ फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, बेष्ट फाइनान्स, आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र जानकी फाइनान्समा खराब कर्जा बढेको छ । यस अवधिमा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र मल्टीपर्पस फाइनान्समा भने खराव कर्जाको अनुपात गत आवको सोही अवधिको तुलनामा घटेको छ । गत आवको दोस्रो त्रैमासिकमा १९ दशमलव तीन प्रतिशत कर्जा खराब रहेको नेपाल फाइनान्समा हाल यस्तो कर्जाको अनुपात घटेर १४ दशमलव १९ प्रतिशतमा सीमित भएको छ । यसैगरी गोर्खाज फाइनान्समा पनि गत आवको दोस्रो त्रैमासिकमा आठ दशमलव १७ प्रतिशत कर्जा खराब रहेकोमा अहिले यस्तो कर्जाको अनुपात घटेर छ दशमलव ७६ प्रतिशतमा खुम्चिएको छ । मल्टीपर्पस फाइनान्समा पनि गत आवको दोस्रो त्रैमासिकमा दुई दशमलव ३८ प्रतिशत कर्जा खराब रहेकोमा अहिले यस्तो कर्जा घटेर शून्य दशमलव ३९ प्रतिशतमा झरेको छ ।
यीबाहेकका जानकी, सेन्ट्रल, प्रोग्रेसिभ र रिलायन्स फाइनान्समा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः ११ दशमलव १८, सात दशमलव ६३, चार दशमलव ९१ र चार दशमलव ८९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः पाँच दशमलव ३१, एक दशमलव ६१, तीन दशमलव ६४ र तीन दशमलव १९ प्रतिशत रहेको थियो । यसैगरी बेष्ट, पोखरा, गुडविल र गुह्येश्वरी मर्चेन्टमा पनि पछिल्लो अवधिमा क्रमशः चार दशमलव शून्य पाँच, तीन दशमलव ८६, तीन दशमलव ७४ र तीन दशमलव २१ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ६८, एक दशमलव ५३, तीन दशमलव ७१ र शून्य दशमलव ८९ प्रतिशत थियो । आईसीएफसी, मञ्जुश्री र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ८६, दुई दशमलव शून्य दुई र एक दशमलव ३६ प्रतिशत कर्जा खराब छ । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव शून्य छ, एक दशमलव ३० र शून्य दशमलव ८५ प्रतिशत रहेको थियो ।
हिमालयन बैंकमा अध्यक्षको कार्यकारी अभ्यास !
काठमाडौं । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले कार्यकारी अभ्यास सुरु गरेका छन् । सिभिल बैंकसँग मर्जरको अन्तिम तयारी गरिरहेको बेला हिमालयन बैंकका अध्यक्ष प्रचण्डले विभागीय प्रमुखहरुलाई बोलाएर कार्यविवरणको नियमित ब्रिफिङ गर्न निर्देशन दिएको नाम नबताउने शर्तमा एक विभागीय प्रमुखले बताएका छन् ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार दोलखा साबिक भेडुप ८ परिवर्तित मेलुङ ४ स्थायी घर भई हाल ललितपुर ९ बस्दै आएका ४७ वर्षीय भीम बहादुर तामाङलाई पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७८ साउन एक गते नौ लाख ६० हजार रुपैयाँ बिगो तथा जरिवाना, तीन दिन कैद र ३८ हजार चार सय रुपैयाँ जरिवाना भराउने फैसला भई फरार रहेका तामाङलाई शनिबार काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।