काठमाडौं । सेयर बजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १५ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन: ४१ दशमलव १६ अंकले ओरालो लागेर २१ सय २७ दशमलव ३७ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३३ अंकले ओरालो लागेर चार सय दुई दशमलव ९८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अर्न्तगत दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटक सेयर कारोबार भएका छन् । जसबाट ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ रुपैंैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।