काठमाडौं, फागुन ३०
बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहकहरूले ११ लाखसम्मको बीमा सुविधासहित सर्वोच्च वार्षिक नौ दशमलव ७५ प्रतिशत ब्याजदरको सुविधाको उपयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुुसार उक्त मुद्दती खाता २५ हजार रूपैयाँदेखि नै खोल्न सकिने र ग्राहकहरूले उक्त खाता खोली बीमालगायत थुप्रै सुविधाहरूको उच्चतम लाभ लिई ढुक्क हुने विश्वास बैंकले लिएको छ । साथै, बीमा सुविधाअन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए पाँच लाख, १८ घातक रोगहरू लागेको खण्डमा पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बीमा सुविधाअन्तर्गत बहिरङ्गको लागि २० हजार रूपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रूपैयाँसम्मको बीमा सुविधाको उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बीमा सुविधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जसअन्तर्गत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ । बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।