काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले रूपन्देही जिल्लाको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका ६, गुलरा र कावासोती नगरपालिका १, हिमाल चोक, नवलपरासीमा शाखारहित बैंकिङ सेवा थप गरिएको हो ।
शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म एक सय ३९ वटा शाखा, एक सयवटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र एक सय ६१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।