काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडको १ः०.८८४५१६८को अनुपातमा जारी गर्न लागेको साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रूपैयाँ अंकित मूल्यको दुई करोड ३४ लाख ६८ हजार कित्ता सेयरले हुने दुई अर्ब ३४ करोड ६८ लाख रूपैयाँबराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको कार्यालय पुतलीसडक, काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।