काठमाडौं । बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४१ दशमलव १६ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १५ दशमलव ७० अंकले ओरालो लागेर २१ सय ११ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ३६ अंकले ओरालो लागेर चार सय दशमलव ६२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५९ वटा कम्पनीहरुको कारोबार भएका छन् । जसबाट ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये जलबिद्युत उपसमुहको सुचक शुन्य दशमलव ६० अंकले उकालो लागेर २६ सय ३९ दशमलव ६१ बिन्दुमा चढेको छ । यि बाहेकका बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।