काठमाडौं । मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि वृद्धि बीमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरूसहितको नयाँ एन्टिसिपेटेट एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एसिया वितरण प्रमुख यंग हो हान र एसिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो ।
यस योजनाअन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रीमरूपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधिमाबीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकमबराबर एक सय प्रतिशत रकम इच्छाइएको व्यतिmले प्राप्त गर्दछन् । यस योजनाको मध्यावधिपछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।
काठमाडौंमा आयोजित उद्घाटन समारोहमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने,‘हामीले धेरै उत्साहका साथ हाम्रा ग्राहकहरूका लागि एक नयाँ विशेषतासहितको बीमा योजना ल्याएकाछौँ जसले उनीहरूलाई आत्मविश्वासका साथ बाँच्न र सँगसँगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन् । हाम्रा ग्राहकको आवश्यकताहरूलाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधिपछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’
योजनाका मुख्य लाभहरूअन्तर्गत योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४० प्रतिशत र परिपक्वता मितिमा बीमाङ्कको ६० प्रतिशत रकम र थप आर्जित रिभर्सनरी बोनससहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ । यसैगरी मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागू मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको एक सय प्रतिशत रकम र थप आर्जितरिवर्सनरी बोनससहित प्राप्त गर्नेछन् । यदि बीमितको मृत्यु मध्यावधिपछि भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्कको दोब्बर (दुई सय प्रतिशत) रकम र थप आर्जित रिवर्सनरी बोनससहित प्राप्त गर्नेछन् र यस मृत्युलाभबाट आंशिक जीवित लाभको रूपमा भुक्तानी गरिएको बीमाङ्कको ४० प्रतिशत रकम कटौती गरिनेछैन । यो बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१दिन, अधिकतम ६० वर्ष रहेको छ ।यस योजनाको न्यूनतम बीमाङ्क रकम दुई लाख ५० हजार अधिकतम बीमाङ्क पाँच करोड रुपैयाँ रहेको छ । बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक र त्रैमासिकरूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋणजस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।
अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरूका लागि, यस योजनाअन्तर्गत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पूर्ण तथा स्थायी असक्तता भएमा बीमाशुल्क छुट र गम्भीर रोगसम्बन्धी घातक बिमारी पूरक करारहरू संलग्न गर्न सक्छन् ।
मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा : मेटलाइफ इन्कले आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।