काठमाडौँ । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक एक दशमलव ५४ अंकले उकालो लागेर दुई हजार ९६ दशमलव आठ बिन्दुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८९ अंकले उकालो लागेर चार सय दशमलव २६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअन्तर्गत ३९ हजार एक सय ८७ पटकको कारोबारमा ५२ लाख छ हजार तीन सय ७० कित्ता सेयर खरिद बिक्री हुंँदा कुल कारोबार रकम एक अर्ब ९३ करोड १७ लाख ९१ हजार एक सय तीन रुपैया पुगेको छ ।
आज कारोबार भएका कुल उपससमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।