काठमाडौँ । आईएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ । अफरअनुसार आईएमई पे एपमा अफर अवधिभर कम्तीमा तीनवटा विभिन्न कारोबारको भुक्तानी गरेपश्चात् पाँच जनाले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामकरण पनि त्यसैअनुसार गरिएको कम्पनीले जनाएको छ । उक्त अफर यही फेब्रुअरी ३ बाट सुरु भई २०२३ फेब्रुअरीभर सञ्चालनमा रहनेछ । यस अफर अवधिको समाप्तिपछि आईएमई पेको आधिकारिक सामाजिक पेजहरूमार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ ।
नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।