काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ९२ लाख ९६ हजार चार सय नौ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३९ करोड १३ लाख दुई हजार ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब ३६ करोड ६७ लाख १० हजार नौ सय ४६ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४४ करोड ४१ लाख २१ हजार ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ७६ लाख २४ हजार एक सय ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ३५ करोड २६ लाख ६५ हजार नौ सय ४४ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १३ करोड १५ लाख ५२ हजार पाँच सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८४ करोड छ लाख २६ हजार ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ३७ प्रतिशत रहेको थियो ।