काठमाडौं । सेयरबजारमा उछाल आएको छ । यसअघि २२ सय अंकबाट तल झरेको नेप्से सेयर बजारमा आएको उछाल संगै पुन २२ सय अंकको नजिक पुगेको छ । अघिल्लो दिन चार दशमलव ६२ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार ७६ दशमलव ६४ अंकले उकालो लागेर २१ सय ७७ दशमलव ३४ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ८५ अंकले उकालो लागेर चार सय १५ दशमलव शुन्य एक बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५९ हजार नौं सय २७ पटकको कारोबारमा ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लाग्दा सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।