काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरसँग बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापश्चात् बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिँदा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने काठमाडौंको बसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा पाँचदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौताअन्तर्गत भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, टीएमटी, डिजिटल एक्स रे, डेन्टल सर्भिसलगायतका अन्य सेवाहरूको शुल्कमा उक्त छुट प्रदान गर्नेछ भने चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरू वेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरूको शुल्कमा न्यूनतम पाँचदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यसप्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ ।