काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन ११ गते आफ्नो २६औँ वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँमध्येबाट १२ दशमलव ४० प्रतिशतको अनुपातमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।